लक्ष्मी सनराइज बैंकको मुद्दति निक्षेपको ब्याजदर स्थिर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको नै कायम राखेको छ ।

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले भदौ महिनाको ब्याजदरलाई निरन्तरता दिएको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ ।

बैंकको आधार ८.३९ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स