राष्ट्र बैंकले बैंकहरुबाट खिच्दै छ आधा खर्ब पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा खर्ब रुपैयाँ बैंकहरुबाट झिक्न लागेको छ । बैंक तथा वित्तिय संस्थामा रहेको पैसा कर्जा प्रवाह नभएपछि सन्तुलन कायम राख्न पैसा खिच्न लागेको हो ।

सोमबार क ख र ग वर्गका बैंकहरुबाट पैसा तान्न लागेको हो ।
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको सूचना जारी गरेको छ ।

अन्तर बैंक ब्याजदर तीन प्रतिशत हाराहरीमा पुगेको छ । यो भन्दा भन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६ दशमलव ५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । कम दर भएपछि बजारबाट झिक्न लागेको देखिएको छ ।

दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा पााच करोड रुपैयााले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेसूचनामा उल्लेख छ । यसमा वणिज्य बैंक विकास बैंक र फाइनानस कम्पनी सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स