असोज महिनाका लागि नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति दिदैंछ ?

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जसमा बैंकले मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसअघि बैंकले भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत र रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ । यसअघि भदौमा बैंकको आधार दर ७.६३ प्रतिशत रहेको थियो ।

त्यस्तै, बैंकले असोज महिनाका लागि साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि भदौमा बैंकले सबै बचत खातामा ३ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

बैंकले असार महिनादेखि ब्याजदर स्थिर राखेको थियो । बैंकले असोज महिनाका लागि भने ४ महिनापछि ब्याजदर परिवर्तन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स