काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।
जसमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । यसअघि बैंकले भदौ महिनाका लागि अधिकतम ब्यादजर ७.४१ प्रतिशत कायम गरेको थियो ।
त्यस्तै, बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ महिने अवधिका लागि ५ प्रतिशत, ३ महिनादेखि १ वर्ष अवधिका लागि ५.०५ प्रतिशत, १ वर्षका लागि ५.६० प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकले २ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.२५ प्रतिशत, ५ भन्दा माथिका लागि ७.१८ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकले असोज महिनाका लागि संस्थागत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ६.१८ प्रतिशत कायम गरेको छ । यसअघि बैंकले भदौ महिनामा संस्थागत निक्षेपकतर्फ अधिकतम ६.४१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ ६ महिनादेखि १२ महिनासम्मको अवधिका लागि ३ प्रतिशत, १ वर्षका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै, २ देखि ५ वर्षका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१८ प्रतिशत ब्याजदर कायम गरेको छ ।