आशा लघुवित्तको लाभांश पारित

काठमाडौं । आशा लघुवित्तले लाभांश पारित गरेको छ । संस्थाको कात्तिक २९ गते सम्पन्न ५औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, कर प्रयोजनको लागि १.३१५७८९४ प्रतिशत नगद लाभांश समेत सभाले पारित गरेको छ ।

साथै, साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट संचालकमा निर्गुणप्रसाद भट्टचन, प्रदिपकुमार खड्का, सुसन शेरचन र कविता पोख्रेल निर्विरोध निवार्चित भएका छन् । साथै, सोही दिनमा बसेको संचालक समितिको बैठकले निर्गुण प्रसाद भट्टचनलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।

संस्थाले २०७३ भदौ १५ गतेदेखि कारोबार शुरु गरेको हो । हालसम्ममा संस्थाले ६७ हजार ग्राहक सदस्य मार्फत ४ अर्ब ४६ करोड कर्जा लगानी गरी १ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स