काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडद्वारा गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित श्री अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको समुद्घाटन गर्दै बैंकले उक्त हल विद्यालयललाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।
उक्त हलको समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइराला द्वारा गरिएको छ ।
बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उहाँहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ ।
यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरु मार्फत विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।