एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा असोज २० गते आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले बोनस सेयर जारीपश्चात पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुँदा असोज ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स