हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापकले आज (भदौ २७ गते) देखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेताअनुसार फरकफरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ ।

सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स