सर्वसाधारणका लागि कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको १६ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकले यसअघि उक्त संस्थापक सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेकोमा ३५ दिनसम्म बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स