अब विदेशमा बसेरै एनएमबि बैंकमा खाता खोल्न सकिने

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि नेपाली बैंकिङ जगतमै पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो ।

बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवा मार्फत अब ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन् ।

भिकेवाईसीको लागि डिजिटल लिन्क यस प्रकार रहेको छः जततउकस्ररखअअ।लmद।अयm।लउ
‘एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दामाथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सक्दछन ।

हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ सेवा प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स