एभरेष्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिृक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनहिरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको हालको चुक्तापुँजी ११ अर्ब ७६ करोड रुपैयाँ बराबर रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स