आज फेरि अमेरिकी डलरको भाउले राख्यो नयाँ रेकर्ड

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ नयाँ रेकर्ड कायम गरेको छ । आज अमेरिकी डलरको मूल्य बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो ।

आज युरो र पाउण्ड स्ट्रलिङको पनि भाउ बढेको छ । कतिपय विदेशी मुद्रा भने सस्तिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा थियो। यसअघि गएको साउन २९ गते महँगिएर अमेरिकी डरको खरिदर १ को १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा पुगेर घटेको थियो।

आज यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ । हिजो यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा थियो।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। हिजो युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा थियो।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा कायम भएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा थियो।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ। हिजो कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा थियो।

आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा कायम भएको छ । हिजो यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा थियो।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा कायम भएको छ। हिजो मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा थियो।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २८ पैसा कायम भएको छ । हिजो हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ १० पैसा कायम भएको छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६४ पैसा थियो।

बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २९ पैसा कायम भएको छ । हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २१ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स