आरवीवी म्युचुअल फण्ड-१ र २ को लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

काठमाडौं । आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।

क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समिति बैठकले आरवीवी म्युचुअल फण्ड-१ र आरवीवी म्युचुअल फण्ड-२ को लाभांश घोषणा गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रवर्द्धन गरिएको र आरवीवी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापकको रहेको यी दुई योजनाले आव २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।

जसमा आरवीवी म्युचुअल फण्ड-१ को ३.८१ प्रतिशत नगद लाभांश (कर सहित) र आरवीवी म्युचुअल फण्ड-२ को ८.७४ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरिएको छ ।

लाभांश प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज मिति तय भएको छ । तसर्थ, भदौ ३० गतेसम्म कायम इकाईधनीले लाभांश प्रप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स