काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेश पढ्न जान चाहनेहरुका लागि ‘आरबीबी शैक्षिक कर्जा’ योजना ल्याएको हो ।
बैंकको यस योजना अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययन गर्नका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले जनाएको छ ।
बैंकले थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।