एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा पल शाह

काठमाडौं । एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त भएका छन् । शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतका उदयीमान अभिनेता मध्ये एक हुन् ।

आइतबार एक कार्यक्रम आयोजना गर्दै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जानकारी दिएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता शाहले व्यक्त गरे ।

त्यसैगरी शाहले एनएमबि बैंक परिवारमा ब्राण्ड एम्बेसडरको रुपमा अफिसियली स्वागत गर्न पाउँदा बैंक खुशी छ । जसरी शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् । त्यसरीनै एनएमबि बैंकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आइरहेको छ ।

बैंकले १८१ वटा शाखा, १३७ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स