अधिकांश बैंकको सीसीएआर ९ प्रतिशतमाथि, दुई बैंकले लाभांश बाड्न नपाउने

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म अधिकांश वाणिज्य बैंकहरूले लाभांश बाड्न सक्ने देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कि फाइनान्सियल इण्डिकेटस् रिपोर्टले देशमा सञ्चालित १८ वटा वाणिज्य बैंकले लाभांश बाड्न सक्ने क्षमतामा देखिएका हुन् । दुई वटा वाणिज्य बैंकको प्राथमिक पुँजी कोष (सीसीएआर) ९ प्रतिशतभन्दा कम रहेको छ । सो कारण दुई बैंकले आफ्ना सेयरधनीलाई लाभांश बाड्न नपाउने भएका हुन् ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरूले कुनै पनि महिना सीसीएआर पुर्याएनन् भने पनि लाभांश बाड्न पाउँदैनन् । राष्ट्र बैंकले २०८० असोज ३० गते एकीकृत निर्देशन, २०७९ लाई संशोधन गरी जारी गरेको एकीकृत निर्देशन, २०८० ले गरेको व्यवस्था अनुसार गत आव (२०८०/०८१) को अन्त्यसम्मसबै वाणिज्य बैंकहरूको क्यापिटल एडुकेशी फ्रेमवर्क ०.५ प्रतिशत थप्नु पर्नेछ । यसको अर्थ गत आवको अन्त्यसम्म बैंकहरूले बैंकहरूको प्राथमिक पुँजी कोष ८.५ प्रतिशतबाट बढेर ९ प्रतिशत कायम हुनुपर्ने छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजीहरूको विश्लेषण गरी समीक्षा गरेर सीसीएआर निकाल्ने गर्दछ । राष्ट्र बैंकले पुँजी कोषलाई प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर) लाई गणना गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार वाणिज्य बैंकहरुले ८.५ प्रतिशतमा ०.५ प्रतिशत थप गरी प्राथमिक पुँजी कोष ९ प्रतिशत र २.५ प्रतिशत क्यापिटल कन्जरभेसन बफर अर्थात् पुरक पुँजी गरी ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सोमध्ये प्राथमिक पुँजी अनिवार्य नै हो ।

गत आवको अन्त्यसम्म देशमा सञ्चालित २० वटै वाणिज्य बैंकको सीसीएआर औसतमा १०.१० प्रतिशत रहेको छ । सीएआर भने औसतमा १२.८४ प्रतिशत रहेको छ । बैंकहरूले पुरक पुँजी (सीएआर) भने कायम गरेका छन् ।

स्प्रेडदर ३.९८ प्रतिशत र सीडी रेसियो ७८.६५प्रतिशत रहेको छ । यसको अर्थ बैंकहरू कर्जा विस्तार गर्न सक्षम छन् भन्ने हो । तर, सीसीएआर कम भएका बैंकले भने अझै कर्जा विस्तारमा सोच्नु पर्ने देखिएको छ ।

यस्तो छ बैंकहरू प्राथमिक पुँजी कोष
कृषि विकास बैंकको सीसीएआर सबैभन्दा बढी रहेको छ । बैंकले गत आवको अन्त्यसम्म ११.७८ प्रतिशत प्राथमिक पुँजीकोष पुर्याएर पुँजीकोषमा बलियो बैंक बनेको छ । बैंकको सीएआर भने १३.४४ प्रतिशत रहेको छ ।

नेपाल बैंकको सीसीएआर १०.९५ प्रतिशत र सीएआर १३.६२ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको सीसीएआर १०.९५ प्रतिशत र सीएआर १३.४२ प्रतिशत रहेको छ ।

निजी क्षेत्रका बैंकहरूतर्फ नबिल बैंकको सीसीएभार ९.६४ प्रतिशत र सीएआर १२.४१ प्रतिशत रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीसीएआर १०.८४ प्रतिशत र सीएआर १३.६७ प्रतिशत रहेको छ ।

स्ट्यान्डर्ड चार्टड बैंकको सीसीएआर १४.३६ प्रतिशत र सीएआर १७.१६ प्रतिशत रहेको छ । हिमालय बैंकको यस्तो पुँजी क्रमशः ९.०४ प्रतिशत र १२.०४ प्रतिशत रहेको छ । नेपाल एसबिआई बैंकको प्राथमिक पुँजी कोष १०.१० र सीएआर १३.२८ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंकको सीसीएआर १०.८७ प्रतिशत र सीएआर १२.६१ प्रतिशत रहेको छ । एनआईसी एशिया बैंकको सीसीएआर ८.४४ प्रतिशत र सीएआर ११.१८ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकको सीसीएआर ९.३५ प्रतिशत र सीएआर १३.८३ प्रतिशत रहेको छ । कुमारी बैंकको ८.५६ प्रतिशत सीसीएआर र १२.२६ प्रतिशत सीएआर रहेको छ । लक्ष्मी सनराइज बैंकको सीसीएआर १०.२७ प्रतिशत र सीएआर १३.११ प्रतिशत रहेको छ ।

सिद्धार्थ बैंकको सीसीएआर ९.६५ र सीएआर १२.१५ प्रतिशत रहेको छ । ग्लोबल आईएमई बैंकको सीसीएआर १०.४४ र सीएआर १२.५३ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंकको सीसीएआर ९.२७ र सीएआर १३.१३ प्रतिशत रहेको छ । प्राइम कमर्शियल बैंकको सीसीएआर १०.७७ प्रतिशत र सीएआर ११.९० प्रतिशत रहेको छ ।

एनएमबि बैंकको सीसीएआर ९.७० प्रतिशत र सीएआर १२.८२ प्रतिशत रहेको छ । प्रभु बैंकको सीसीएआर ९.८९ प्रतिशत र सीएआर १३.५५ प्रतिशत रहेको छ भने सानिमा बैंकको सीसीएआर १०.२२ प्रतिशत र सीएआर १३.६६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स