अमेरिकी डलरको भाउ यथावत रहँदा अन्य विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज सोमबार घरेलु बजारमा अमेरिकी डलरको भाउ यथावत रहेको छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्दा अमेरिकी डलरको मूल्य भने यथावत छ । यद्यपि बहराइन दिनारको मूल्य थोरै बढेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ । हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

आज युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ । हिजो युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८४ र बिक्रीदर ४४० रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३३ र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८० पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स