कुमारी बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकट शुल्कमा आर्कषक छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवा बाट रकम भुक्तानी गर्दा ५०० रूपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स