एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर कति ?

काठमाडौं । एनएमबि बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

कम्पनीको गत भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले १०० रुपैयाँका दरले ३ करोड इकाई अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको जनाएको छ ।

यसअघि नबिल बैंकले पनि ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स