अमेरिकी डलरको भाउ सस्तो हुँदा अन्य विदेशी मुद्राको भाउ कस्तो ?

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ केहि सस्तो भएको छ ।

आज अस्ट्रेलियन डलरको मूल्य बढ्दा अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको हो ।

राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो मेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा थियो।

युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ६० र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३९ रुपैयाँ र बिक्रीदर ४४० रुपैयाँ ९६ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स