नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भदौ २ गते स्वीकृति प्रदान गरेको हो ।

बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले कुल कित्तामध्ये १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । त्यस्तै, बाँकी २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न सेबोनबाट स्वीकृति पाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स