लुम्बिनी विकास बैंककोे लाभांश संशोधन, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ ।

बैंकले यस अघि प्रस्ताव गरेको लाभांशमा नगद लाभांश घटाइ बोनस सेयरमा जोड दिएको छ । बैंकले अब १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात बैंकले लाभांश संशोधन गरेको हो ।

कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो। यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र ३.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा रहेको छ। १३ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ ९९ पैसा पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स