काठमाडौं । कुमारी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन भएका विभिन्न म्युचुअल फण्डका तीन वटा योजनाले लाभांश घोषणा गरेका छन् ।
जसमा कुमारी धनवृद्धि योजनाबाट इकाईधनीले करसहित ९.५० प्रतिशत अर्थात ११ करोड ६३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
कुमारी इक्वीटी फण्डले इकाईधनीलाई ९.५० प्रतिशत अर्थात ९ करोड ५० लाख रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ ।
त्यस्तै, कुमारी सुनौलो लगानी योजनाले १०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । भदौ १० गतेसम्म कायम इकाईधनीले यो लाभांश पाउने छन् ।