यस्तो छ आज विदेशी मुद्राको भाउ

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर र बहराइन दिनारको भाउ थोरै बढ्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा थियो।

हिजो र अस्ति स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।

युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ५२ पैसाथियो।

बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स