प्राइम कमर्शियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कम्पनीले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

कम्पनीले वार्षिक ८ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्काशन गर्न तयारी गरेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स