एनआईसी एशिया बैंक बेस्ट ईन डिजिटल बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । एनआईसी एशिया बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड-२०२३ अन्तर्गत बेस्ट ईन डिजिटल बैंकिङ क्याटोगोरी अवार्डबाट सम्मानित भएको छ ।

शुक्रबार इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा कम्पनीले उक्त अवार्ड पाएको हो । ‘

यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स