निफ्राको नाफा ३४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.२० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ४६.२८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजीमा ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ । बैंकको निक्षेप १९.२६ प्रतिशत र कर्जा उल्लेख्य बढेको छ ।

नाफा बढे पनि बैंकको प्रति सेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा झरेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ७४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स