राष्ट्र बैंकद्वारा पाँच रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै ग्लोबल माउन्टेन रेमिट, राम्रो रेमिट, संसार रेमिट, ललित मनि ट्रान्सफर र माक्स मनि ट्रान्सफरको लाइसेन्स खारेज गरेको जनाएको हो ।

रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप (विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको सूचनामा उल्लेख छ ।

ती कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय विभागमा लिखित निवदेन पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स