नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर नकिनेमा सो सेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक सेयरधनीले आवश्यक पर्ने कागजात सहित काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा आवेदन दिनु पर्नेछ ।

बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स