सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सनराइज फर्स्ट म्युचुअल फण्डको नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

कम्पनीको १२.५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो ।

बिहीबारको अन्तिम कारोबार मूल्य ११.९७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य १०.७२ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स