राष्ट्रिय वाणिज्य बैंकले निजी गाडी किन्न ७.७७ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी(रातो प्लेट) प्रयोजनको लागि “Festive Offer of Vehicle Loan” गाडी कर्जा योजना ल्याएको छ ।

मासीक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयाँसम्म कर्जा लगानी गर्ने छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विधुतीय गाडी(इभी)को हकमा बढिमा ८० प्रतिशत र पेट्रोल/डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कातिक मसान्तसम्म मात्र लागू हुनेछ ।

यो योजना अन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुनेछ ।

यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स