थोक तथा खुद्रा व्यपारमा १० खर्ब कर्जा प्रवाह, यस्तो रह्यो क्षेत्रगत स्थिति

काठमाडौं । विगतमा जस्तै गत आर्थिक वर्षमा समेत सबैभन्दा बढी कर्जा प्रवाह थोक तथा खुद्रा व्यपार क्षेत्रमा भएको छ । थोक तथा खुद्रा व्यपार क्षेत्रमा भण्डै १० खर्ब बराबरको कर्जा प्रवाह भएकोे हो ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तिय संस्थाको कुल कर्जा प्रवाह ५.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजजिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा ५१ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ कुल कर्जा प्रवाह भएको हो ।

बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको कर्जालाई क्षेत्रगत रुपमा हेर्दा सबै भन्दा बढी थोक तथा खुद्रा व्यपार क्षेत्रमा भएको पाइएको हो । नेपाल राष्ट्र बैंकको वार्षिक तथ्याङ्क अनुसार यो क्षेत्रमा ९ खर्ब ९९ अर्ब ५४ करोड भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९ /८० को तुलनामा १५ अर्ब ११ करोडले वृद्धि भएको हो ।

अन्य क्षेत्रमाहरुमा हेर्दा कृषिमा ०.९ प्रतिशतले वृद्धि भई गत आर्थिक वर्षमा ४ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै खानीमा १ प्रतिशतले वृद्धि भई ११ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ ।उत्पादनमूलक उद्योगहरुमा ८ खर्ब १९ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ । यो गत वर्ष को तुलनामा ८.८ प्रतिशत ले बृद्धि भएको हो ।

कर्जा प्रवाह गर्दा निमार्ण क्षेत्रमा २ खर्ब ७ अर्ब ९९ करोड कर्जा प्रवाह भएको छ । जसमा अघिल्लो वर्ष को तुलनामा २.५ प्रतिशले वृृद्धि भएको हो ।

फलामजन्य उत्पादन, मेसिनरी तथा विद्युतिय सामग्रीका वस्तुमा ७० अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ । बैंक तथा वित्तिय संस्था ले कर्जा प्रवाह गर्दा यातायात उपकरण उत्पादन तथा फिटिङमा ५२ अर्ब ३ करोड रहेको छ ।

यातायात संचार तथा सार्वजनिक सेवामा ४ खर्ब १२ अर्ब ५३ करोड रहेको छ भने वित्तिय, विमा र स्थिर सम्पत्तिलाई ३ खर्ब ९६ अर्ब ६ करोड कर्जा प्रवाह गरेको देखिएको हो ।

सेवा उद्योगमा ४ खर्ब ३३ अर्ब १४ करोड प्रवाह गरेको छ । त्यस्तै उपभोग्य वस्तुहरुमा १० खर्ब १३ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ ।
स्थानिय सरकारलाई १ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा ८.१ प्रतिशत ले वृृद्धि भएको छ ।

अन्य क्षेत्रमा ३ खर्ब ३० अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा –१.४ ले ऋणत्मक भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स