आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्यको कसरी हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमबार अन्य विदेशी मुद्राहरुको विनियमदर घटबढ भएपनि अमेरिकी डलरको भाउ भने स्थिर रहेको छ ।

आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ। बहराइन दिनारको मूल्य भने थोरे घटेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो र अस्ति पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७४ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४० रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा थियो।

बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५२ र बिक्रीदर ३५७ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स