सिटिजन्स बैंकको हजुरको प्रगतिको सहयात्री भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हजुरको प्रगतिको सहयात्री भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ ।

प्रतियोगिताको समाप्तीसँगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आज आयोजित एक समारोहकाबीच सम्मान स्वरुप चेक हस्तान्तरण गरेका छन् ।

उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार रूपैयाँ प्रदान गरिएको छ ।

जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हाँसिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतीको लागि श्रीमान र बच्चाहरु, बहिनीको लागि दाजु र छोराको लागी बुवाको भूमिका निकैनै महत्वपूर्ण हुने कुरा उनीहरुले आ–आफ्नो भिडियो मार्फत दर्शाएका छन् ।

आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र आषाढ महिनामा पार्टनर फर प्रोग्रेस र हजुरको प्रगतिको सहयात्री नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।

व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स