काठमाडौं । नबिल बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले भदौ १७ गते बिहान ११ बजे जुममार्फत् भर्चुअल रूपमा विशेष साधारण सभा डाकेको हो ।
बैंकको सभाले प्रतिसेयर १०० रुपैयाँका दरले ५ अर्ब रूपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकको अधिकृत पुँजी २८ अर्ब रुपेयाँ रहेकोमा अग्राधिकार सेयर जारी गरेपश्चात् अधिकृत पुँजी ३३ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ ।
चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ रहेकोमा अग्राधिकार सेयर जारी गरेपश्चात् जारी तथा चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ ।
प्रबन्धपत्र र नियमावलीमा रहेका व्यवस्थामा आवश्यक संशोधन प्रस्ताव बैंकको सभाले पारित गर्नेछ ।