१० ठूला बैंकको अडिट भारतको केपीएमजी एसुरेन्सले गर्ने

काठमाडौं । नेपालको १० ठूला वाणिज्य बैंकको अडिट भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी गर्ने भएको छ ।
राष्ट्र बैंकले भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत छनोट गरेको हो ।

राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै भारतीय कम्पनी छनोट गरेको जानाकारी दिएको छ ।

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सर्त अनुसार नेपाल राष्ट्र बैंकले १० वटा ठूला बाणिज्य बैंकहरुको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्र बैंकले १० वाणिज्य बैंकको लेखापरिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउन अडिट फर्म नियुक्तिका लागि अन्तराष्ट्रिय बोलपत्र जारी गरेको थियो । उक्त बोलपत्रमा ५ कम्पनीले सहभागिता जनाएका थिए ।

जसमा नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड को, जेभी एसबरबीए एण्ड बीके अग्रवाल भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस र पाकिस्तानको केपीएमजी तासेर हादी एण्ड कोले आवेदन दिएका थिए । यी मध्ये भारतीय कम्पनीले अडिटको जिम्मा पाएको हो ।

सो अडिट फर्मले तोकिएका १० वाणिज्यहरुको क्रेडिट फ्रेमवर्क र क्रेडिट पोलिसी गाइडलाई आधार मानेर काम गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स