काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै ठमेलस्थित रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकस्थित कसा मनी एक्स्चेन्जको इजाजतपत्र खारेज गरेको जनाएको हो ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यी दुई मनी एक्स्चेन्ज कम्पनीले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको जनाएको हो ।
राष्ट्र बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौथो संशोधनसहित ९ को विनियम १९ को उप(विनियम ३० मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।