प्रभु बैंक र फोरेक्स स्पोर्टबीच सम्झौता

काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेषणको दायरा बिस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र अष्ट्रेलियाको फोरेक्स स्पोर्टबीच सम्झौता गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले अब फोरेक्स स्पोर्टमार्फत् नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

प्रभु बैंकका २१४ वटा शाखा तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा बढी एजेन्टबाट सहजै भुक्तानी पाउन सकिने बैंकको भनाइ छ ।

यो सेवा प्रभु बैंकको खातामा मात्रै सीमित नभई देशका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ ।

सम्झौताले विशेष गरी विदेशमा रहने नेपालीले गुणस्तरीय रेमिट्यान्स तथा बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।

हाल बैंकले देशभर २१४ वटा शाखा कार्यालय, ५८ भन्दाबढी एक्टेन्शन काउन्टर र १८९ वटा एटीएम काउन्टरबाट १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स