काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलरको मूल्य घट्दा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ।
राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
हिजो र अस्ती अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। मंगलबार र बुधबार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा थियो।
युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ १२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७८ पैसा थियो।
आज बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५६ र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६४ र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा थियो।