डिप्रोक्स लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ५८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३१.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेपछि लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.०६ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी २१.१८ प्रतिशत बढेको छ । लघुवित्तको खुद सञ्चालन आम्दानी २२.२८ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा २४१.६२ प्रतिशत बढेको छ ।

गत असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ८७ लाख रुपैयाँ रिभर्स भएको छ। लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ६.१५ प्रतिशतबाट घटेर २.८९ प्रतिशतमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपेयाँ ४१ पैसा बढेर ३४ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २४.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ८० पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ९४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी २४ रुपैयाँ रहेको छ।

१ अर्ब ७० करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ सञ्चित छ । चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २१ अर्ब ५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स