काठमाडौं । आज शुक्रबार पनि अमेरिकी डलरको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । आज पनि अमेरिकी डलरको मूल्य बढेको हो । मूल्य बढेर अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ । यसरी नै अमेरिकी डलरको भाउ बढ्दै जाने हो भने डलरको भाउ अझ माथि जाने देखिएको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।
विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ । हिजो पनि बढेर उच्च रेकर्ड बनाएको अमेरिकी डलरले आज फेरि अर्को रेकर्ड कायम गरेको हो।
हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो।
आज युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा थियो।
बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४० रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा थियो।
आज बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६३ र बिक्रीदर ३५७ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५८ र बिक्रीदर ३५७ रुपैयाँ १७ पैसा थियो।