कामना सेवा विकास बैंकको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १ लाख ६ हजार ६३६ कित्ता सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनको अधिनमा रहि अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स