काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले घटेर १ लाख ४७ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ८५ रुपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले घटेर १७ सय २५ रूपैयाँ कायम भएको छ ।