नोक्सानमा देखियो पोखरा फाइनान्स

काठमाडौं । गत आर्थिक वर्षमा पोखरा फाइनान्स १० करोड ६४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षमा २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको फाइनान्स गत आवमा नोक्सानमा गएको हो ।

पोखरा फाइनान्सको खुद ब्याज आम्दानी पनि ३५.७६ प्रतिशतले घटेर ३० करोड ८४ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसले ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असारसम्ममा कम्पनी ३४ करोड ५९ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष फाइनान्सले ४ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि २३ करोड ५६ लाखबाट बढेर ४५ करोड २६ लाख रुपैयाँ भएको छ । खुद ब्याज घट्नु, सञ्चालन घाटामा रहनु तथा इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनी नोक्सानमा रहेको हो । यसको वितरणयोग्य नाफा ४६ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यता कम्पनीको खराब कर्जा पनि अत्याधिक बढेको छ । अघिल्लो वर्ष ५.३८ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर ९.७५ प्रतिशत भएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८३ पैसा (वार्षिक) ऋणात्मक रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ २ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५ पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स