काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले खुद नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको दुख नाफा ५२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
यो नाफा अघिल्लो वर्षको तुलनामा ९२ दशमलव ४७ प्रतिशतले बढेको हो ।
खुद नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८९ पैसाले बढेर १५ दशमलव १७ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १४ दशमलव ८१ रुपैयाँ रहेको बैंकको वित्तिय विवरणले देखाएको छ ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा खुद ब्याज आम्दानी ५ दशमलव ०६ प्रशितले बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यसको सञ्चालन नाफा पनि ८७ दशमलव ४१ प्रतिशतले बढेको छ ।
खराब कर्जा भने ४ दशमलव ०८ प्रतिशत पुगेको हो ।