काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत वर्षको असार मसान्तसम्ममा बैंकले ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.३२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ४९ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलानामा १.१६ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८४ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको इम्पेरमेन्ट चार्ज ६८.६८ प्रतिशत घटेर १७ करोड ९ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, सञ्चालन नाफा ४६.१८ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २६ करोड रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८५ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी १७.१६ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ भने १८८.४८ रुपैयाँ छ भने एनपीएल ३.२९ प्रतिशत रहेको छ ।