गरिमा विकास बैंकको नाफा १ अर्ब १३ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत वर्षको असार मसान्तसम्मा बैंकले १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.१६ प्रतिशत कम हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलानामा ६.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २६ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको इम्पेयमेन्ट चार्ज ७१.६१ प्रतिशत बढेर ७० करोड ९२ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन नाफा ५.२२ प्रतिशतले घटेको छ ।

५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६६ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५९ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ भने १५७.४९ रुपैयाँ छ भने एनपीएल २.८९ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स