शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ६९ करोड ७४ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत वर्षको असार मसान्तसम्मा बैंकले ६९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.९९ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ७५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलानामा ६.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको इम्पेयमेन्ट चार्ज ६१.२९ प्रतिशत बढेर ४९ करोड ३ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन नाफा ३.५५ प्रतिशतले घटेको छ ।

४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ सञ्चित रहेको छ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १४.७३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ भने १४५.४३ रुपैयाँ छ भने एनपीएल ३.४३ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स