ज्योति विकास बैंकको नाफा १८.३३ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १८.३३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलानामा बैंकले ३० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.११ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ५ प्रतिशतले बढेको छ ।

बैंकको इम्पेरमेन्ट चार्जको रकम ९५ करोड ४३ लाख रुपैयाँबाट घटेर ९५ करोड १६ लाख रुपैयाँमा झरेको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा २ अर्ब २८ करोड रुपैयाँ सञ्चित रहेको छ।

बैंकको वितरणयोग्य नाफा भने ४० करोड ५२ लाख रुपैयाँ ऋणात्मक छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.८७ रुपैयाँबाट घटेर ५.६१ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १४५.०१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स