नेपाल एसबिआई बैंकको नाफा २ अर्ब १ करोड, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलानामा २.३५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ५ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० अर्ब ५० करोड रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

बैंकले १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा घटेर २ प्रतिशतमा सीमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १९.१८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८५.६० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स